दफा १०: परिषद्को बैठक र निर्णय

Estimated reading: 0 minutes 32 views

१) अध्यक्षले तोकेको मिति, समय र स्थानमा कार्यकारी निर्देशकले परिषद्‌को बैठक बोलाउनेछ ।

२) परिषद्‌को बैठक साधारणतया वर्षको ६ पटक बस्नेछ र दुईवटा बैठकको अन्तर तीन महिना भन्दा बढी हुने छैन ।

३) परिषदको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ र अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा पार्षदहरूले आफूमध्येबाट छानेको पार्षद्ले परिषद्‌को बैठकको अध्यक्षता गर्नेछ ।

४) कुल पार्षद् सङ्ख्याको पच्चीस प्रतिशत पार्षद्ले परिषद्‌को बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष समक्ष लिखित निवेदन दिएमा त्यस्तो निवेदन परेको पन्ध्र दिनभित्र अध्यक्षले कार्यकारी निर्देशकलाई परिषदको बैठक बोलाउन निर्देशन दिनु पर्नेछ ।

५) कुल पार्षद सङ्ख्याको पचास प्रतिशत पार्षद् उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

६) परिषद्‌को बैठकमा बहुमतको रायलाई परिषद्‌को निर्णय मानिनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

७) परिषद्‌को निर्णय कार्यकारी निर्देशकद्वारा प्रमाणित गरिनेछ ।

८) परिषद्ले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकार वा लेखा व्यवसायसँग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई परिषद्‌को बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

९) परिषद्‌को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा १०: परिषद्को बैठक र निर्णय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.