दफा ६३ः शेयर बिक्री तथा फिर्ता सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 514 views

१) सहकारी संस्थाले आफ्नो सदस्यलाई शेयर बिक्री गर्न सक्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संस्थाले एकै सदस्यलाई आफ्नो कुल शेयर पूँजीको बीस प्रतिशतभन्दा बढी हुने गरी शेयर बिक्री गर्न सक्ने छैन।

तर नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको संस्था वा निकायको हकमा यो बन्देज लागु हुने छैन।

३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी बैङ्कले आफ्नो शेयर सदस्यका अतिरिक्त नेपाल सरकारको पूर्ण बा आंशिक स्वामित्व वा नियन्त्रण भएको संस्था वा निकायलाई समेत बिक्री गर्न सक्नेछ।

४) सहकारी संस्थाको शेयरको अङ्कित मूल्य प्रति शेयर एक सय रुपैयाँ हुनेछ।

५) सहकारी संस्थाको शेयरपूँजी विनियममा उल्लेख भए बमोजिम हुनेछ।

६) सहकारी संस्थाले खुला बजारमा शेयर बिक्री गर्न पाउने छैन।

७) सहकारी संस्थाको मूलधनको रूपमा रहेको कुनै सदस्यको शेयर सोही सहकारी संस्थाको क्रण वा दायित्व बाहेक अन्य कुनै ऋण वा दायित्व वापत लिलाम बिक्री गरिने छैन।

Share this Law

दफा ६३ः शेयर बिक्री तथा फिर्ता सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.