दफा ३३ः सदस्य हुन सक्ने

Estimated reading: 0 minutes 380 views

१) दफा ४ बमोजिमको जिल्ला विषयगत सहकारी सङ्घमा जिल्लाभित्रका विषयगत संस्थाहरू सदस्य हुन सक्नेछन्‌।

२) दफा ५ बमोजिमको जिल्ला सहकारी सङ्घमा जिल्लाभित्रका संस्था र जिल्ला विषयगत सहकारी सङ्घहरू सदस्य हुन सक्नेछन्‌।

३) दफा ६ बमोजिमको प्रदेश विषयगत सहकारी सङ्घमा प्रदेशभित्रका विषयगत संस्था र जिल्ला विषयगत सङ्घहरू सदस्य हुन सक्नेछन्‌।

४) दफा ७ बमोजिमको प्रदेश सहकारी सङ्घमा प्रदेशभित्रका संस्था, जिल्ला विषयगत सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ र प्रदेश विषयगत सहकारी सङ्घ सदस्य हुन सक्नेछन्‌।

५) दफा ८ बमोजिमको केन्द्रीय विषयणत सहकारी सङ्घमा विषयगत संस्था, जिल्ला विषयगत सङ्घ र प्रदेश विषयगत सङ्घ सदस्य हुन सक्नेछन्‌।

६) दफा १० बमोजिमको राष्ट्रिय सहकारी महासङ्घमा जिल्ला विषयगत सङ्घ, जिल्ला सहकारी सङ्घ, प्रदेश विषयगत सङ्घ, प्रदेश सहकारी सङ्घ र केन्द्रीय विषयगत सहकारी सङ्घ सदस्य हुन सक्नेछन्‌।

७) सहकारी बेङ्गहरूमा संस्था र सङ्घमात्र सदस्य हुन सक्नेछन्‌।

८) यस दफा बमोजिम सदस्यता लिने सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३३ः सदस्य हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.