दफा २५ः संस्था वा सङ्घका कार्य

Estimated reading: 1 minute 333 views

संस्था वा सङ्घले देहायका कार्यहरू गर्ने छन्‌ः-

(क) सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूको पालना गर्ने, गराउने,

(ख) सदस्य र आफ्नो व्यवसायको हित प्रवर्धन तथा सोको बजारीकरण गर्ने, गराउने,

(ग) सदस्यलाई शिक्षा, सूचना र तालीम प्रदान गर्ने तथा सदस्य संस्था वा सङ्घमा सुशासन प्रवर्द्धन गर्ने, गराउने,

(घ) संस्था वा सङ्घ बीचको पारस्परिक सहयोग अभिवृद्धि गर्ने, गराउने,

(ङ) संस्था वा सङ्घले गर्ने उत्पादन तथा सेवाको मापदण्ड निर्धारण गरी गुणस्तर सुधार, आर्थिक स्थायित्व र जोखिम व्यवस्थापनका सम्बन्धी कार्य गर्ने,

(च) आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने,

(छ) संस्था वा सङ्घको व्यावसायिक प्रवर्धन तथा विकास सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्ने,

(ज) मन्त्रालय, रजिष्ट्रार, प्रदेश, स्थानीय तह वा कार्यालयको निर्देशन पालना गर्ने,

(झ) विनियममा उल्लिखित कार्यहरू गर्ने।

Share this Law

दफा २५ः संस्था वा सङ्घका कार्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.