दफा १०ः राष्ट्रिय सहकारी महासङ्घको गठन

Estimated reading: 0 minutes 309 views

१) सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूको आधारमा सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्ने, गराउने लगायतका कार्य गर्न देहाय बमोजिमका संस्था वा सङ्घहरूले आपसमा मिली राष्ट्रिय सहकारी महासङ्घ गठन गर्न   सक्नेछन्‌:

(क) दफा ४ बमोजिम गठन भएको पचास प्रतिशतभन्दा बढी जिल्ला विषयगत सहकारी सङ्घ,

(ख) दफा ५ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी जिल्ला सहकारी सङ्घ,

(ग) दफा ६ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी प्रदेश विषयगत सहकारी सङ्घ,

(घ) दफा ७ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी प्रदेश सहकारी सङ्घ,

(ङ) दफा ८ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी केन्द्रीय विषयगत सहकारी सङ्घ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत दर्ता भएको राष्ट्रिय सहकारी सङ्घ यसै ऐन बमोजिम राष्ट्रिय सहकारी महासङ्घमा परिणत भएको मानिनेछ।

Share this Law

दफा १०ः राष्ट्रिय सहकारी महासङ्घको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.