परिच्छेद – ३ रोजगारी सम्बन्धी व्यवस्था

दफा १०ः रोजगारीका प्रकार

Estimated reading: 1 minute 169 views

(१) रोजगारदाताले श्रमिकलाई देहायको कुनै प्रकारको रोजगारीमा लगाउन सक्नेछ:

(क) नियमित रोजगारी,

(ख) कार्यगत रोजगारी,

(ग) समयगत रोजगारी,

(घ) आकस्मिक रोजगारी,

(ङ) आंशिक रोजगारी ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-

(१) “नियमित रोजगारी” भन्नाले खण्ड (ख), (ग) र (घ) मा उल्लिखित रोजगारी बाहेक अन्य जुनसुकै प्रकारको रोजगारी सम्झनु पर्छ ।

(२) “कार्यगत रोजगारी” भन्नाले रोजगारदाताले कुनै खास काम वा सेवा किटान गरी सो सम्पन्न गर्न तोकेर दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।

(३) “समयगत रोजगारी” भन्नाले रोजगारदाताले श्रमिकलाई निश्चित समयावधि तोकी सो अवधिभित्र कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।

(४) “आकस्मिक रोजगारी” भन्नाले रोजगारदाताले श्रमिकलाई एक महिनाको अवधिमा सात दिन वा सोभन्दा कम अवधिको लागि कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।

(५) “आंशिक रोजगारी” भन्नाले हप्तामा पैंतीस घण्टा वा सोभन्दा कम समयमा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।

(२) कुनै रोजगारी नियमित हो वा होइन भन्ने प्रश्न उठेमा रोजगार सम्झौतामा जुनसुकै कुरा उल्लेख गरिएको भए तापनि कामको प्रकृतिको आधारमा तोकिए बमोजिम निर्धारण गरिनेछ ।

Share this Law

दफा १०ः रोजगारीका प्रकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.