परिच्छेद ५ विविध

दफा ३१: उपभोक्ता संरक्षण ऐन बमोजिम हुने

Estimated reading: 0 minutes 5 views

यस ऐनमा उल्लेख भएकोमा बाहेक वस्तु वा सेवाको गुणस्तर, वस्तुमा लगाउनु पर्ने लेबल, बिक्री भएको वस्तु फिर्ता दिने प्रक्रिया र आधार, वस्तु वा सेवाको मूल्य निर्धारण, जाँचबुझ, निरीक्षण तथा अनुगमन प्रक्रिया, उपभोक्ता सम्बन्धी विवादको समाधान, क्षतिपूर्ति र क्षतिपूर्ति निर्धारण गर्ने आधार तथा उपभोक्ताको हक, हित वा संरक्षण सम्बन्धी अन्य व्यवस्था उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ र त्यस्तो कानूनका व्यवस्थाहरू यस ऐन अन्तर्गत विद्युतीय व्यापार हुने वस्तु वा सेवाका सम्बन्धमा यस ऐनमा परे सरह आवश्यक हेरफेर सहित (मुटाटिस मुटान्डिस) लागू हुनेछन्।

Share this Law

दफा ३१: उपभोक्ता संरक्षण ऐन बमोजिम हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.