दफा २८: उजुरी दिन सक्ने

Estimated reading: 0 minutes 226 views

१) कसैले यस ऐन विपरीतको काम कारबाही गरेमा सो कुराको जानकारी पाउने जोसुकैले आफूसँग भएको जानकारी वा सबुत प्रमाण सहित महानिर्देशक वा निरीक्षण अधिकृत समक्ष उजुरी दिन सक्नेछ। त्यस्तो उजुरी विद्युतीय माध्यम मार्फत् पनि दिन सकिनेछ ।

२) उपदफा (१) बमोजिम उजुरी दिने व्यक्तिले आफ्नो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राख्नु पर्नेछ ।

३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुगमनको क्रममा कुनै व्यवसायी वा अरू कसैले यो ऐन विपरीतको कुनै कार्य गरेको देखिएमा वा सो सम्बन्धमा कसैको गुनासो प्राप्त भएमा अनुगमनको प्रतिवेदन वा गुनासोलाई समेत उजुरीको रूपमा लिनु पर्नेछ ।

४) उपदफा (१) वा (३) बमोजिम महानिर्देशक समक्ष प्राप्त उजुरी उपर थप अनुसन्धान गर्नु पर्ने देखिएमा निजले त्यस्तो उजुरी उपर यस ऐन बमोजिम कारबाही चलाउनको लागि सम्बन्धित निरीक्षण अधिकृत समक्ष पठाउनु पर्नेछ।

५) उपदफा (१), (३) वा (४) बमोजिम प्राप्त उजुरी उपर निरीक्षण अधिकृतले छ महिनाभित्र अनुसन्धान गरी आफैंले जरिबाना गर्ने विषय भएमा जरिबाना गर्ने र मुद्दा चलाउने विषय भएमा यस ऐन बमोजिम मुद्दा चलाउनको लागि कारबाही गर्नु पर्नेछ ।

६) यस दफा बमोजिम प्राप्त उजुरी उपरको कारबाही अन्य कुनै निकायबाट गर्नु पर्ने देखिएमा यथाशीघ्र कारबाहीको लागि महानिर्देशक वा निरीक्षण अधिकृतले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।

७) उपदफा (६) बमोजिम कारबाहीका लागि लेखी आएको विषयमा सम्बन्धित निकायले प्रचलित कानून बमोजिम कारबाही गरी सोको जानकारी विभागलाई दिनु पर्नेछ ।

Share this Law

दफा २८: उजुरी दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.