दफा २७: विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षण

Estimated reading: 0 minutes 183 views

१) विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षण सम्बन्धी कार्य विभागले गर्नेछ ।

२) उपदफा (१) को अतिरिक्त कुनै वस्तु वा सेवाको प्रचलित कानून बमोजिम छुट्टै निकाय वा अधिकारीले अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था भएकोमा त्यस्तो वस्तु वा सेवाको अनुगमन तथा निरीक्षण सोही बमोजिम हुनेछ ।

३) उपदफा (१) वा (२) बमोजिम अनुगमन तथा निरीक्षण गर्दा विद्युतीय प्लेटफर्म वा सो सम्बन्धी व्यवस्थामा कुनै किसिमको कैफियत देखिएमा विभाग वा अनुगमन तथा निरीक्षण गर्ने निकाय वा अधिकारीले आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु व्यवसायीको कर्तव्य हुनेछ ।

Share this Law

दफा २७: विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.