दफा १५: सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यापार गर्ने व्यवसायीको दायित्व

Estimated reading: 1 minute 222 views

प्रचलित कानून तथा यस ऐनमा अन्यत्र उल्लेख भएका दायित्वका अतिरिक्त सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायीको दायित्व देहाय बमोजिम हुनेछः-

(क) दफा ६ बमोजिमका विवरण क्रेताले स्पष्ट र पहुँचयोग्य रूपमा प्राप्त गर्न सक्ने गरी आफ्नो प्लेटफर्ममा उल्लेख गर्ने,

(ख) प्रचलित कानून बमोजिम राख्नु पर्ने सूचना तथा जानकारी आफ्नो प्लेटफर्ममा उल्लेख गर्ने,

(ग) बिक्रीको लागि प्लेटफर्ममा राखिएको वस्तु वा सेवाको आफैं वा अन्य कुनै व्यक्तिलाई छद्म उपभोक्ताको रूपमा प्रस्तुत गरी त्यस्तो वस्तु वा सेवाको गुणस्तर तथा विशेषताको सम्बन्धमा समीक्षा वा मूल्याङ्कन गर्न तथा प्रतिक्रिया प्रविष्ट गर्न नहुने,

(घ) बिक्रीको लागि राखिएको वस्तु वा सेवाको विज्ञापन गर्दा त्यस्तो वस्तु वा सेवाको वास्तविक विशेषता, त्यसको प्रयोग विधि तथा अन्य विवरण क्रेता वा उपभोक्तालाई झुक्याउने गरी प्रस्तुत गर्न नहुने,

(ङ) खरिद तथा बिक्री भएको वस्तु वा सेवाको कारोबारको अभिलेख कारोबारको प्रकृतिको आधारमा कर सम्बन्धी प्रचलित कानूनमा निर्धारित अवधिसम्म सुरक्षित राख्ने,

(च) काबु बाहिरको परिस्थिति परेको अवस्थामा बाहेक बिक्री गरेको वस्तु वा सेवा पूर्वनिर्धारित समयभन्दा ढिलो नहुने गरी हस्तान्तरण गर्ने वा सेवा प्रदान गर्ने,

(छ) बिक्री भएको वस्तु वा सेवाको वारेन्टी वा ग्यारेन्टी भएमा उल्लिखित अवधिसम्म त्यस्तो वारेन्टी वा ग्यारेन्टीका सर्त पालना गर्ने,

(ज) बिक्री गरिएको वस्तु वा सेवा प्रदर्शनी (डिस्प्ले) मा राखिए बमोजिम वा आपसमा मज्जुर गरे बमोजिम नभएको वा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी हस्तान्तरण भएको वा त्यस्तो वस्तु वा सेवा त्रुटिपूर्ण भएमा बिक्री भएको वा बिक्रीको लागि मञ्जुरी गरेको त्यस्तो वस्तु वा सेवा फिर्ता लिन, रद्द वा बन्द गर्न तथा त्यस्तो वस्तु वा सेवा बापत गरेको भुक्तानी सम्बन्धित क्रेतालाई फिर्ता गर्नु पर्ने, र

(झ) बिक्री गरेको कुनै वस्तु वा सेवाको आधिकारिकताको सम्बन्धमा घोषित रूपमा कुनै प्रतिबद्धता जनाएकोमा सो सम्बन्धमा कुनै प्रश्न उठी कुनै दायित्व व्यहोर्नु पर्ने भएमा त्यस्तो दायित्व व्यहोर्नु पर्ने।

Share this Law

दफा १५: सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यापार गर्ने व्यवसायीको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.