दफा ८: विद्युतीय व्यापारको भुक्तानी

Estimated reading: 0 minutes 186 views

१) यस ऐन बमोजिम विद्युतीय व्यापार गर्दा वस्तु वा सेवाको निर्धारित मूल्य त्यस्तो वस्तु वा सेवा खरिद वा हस्तान्तरण हुनुअघि वा पछि वा खरिद वा हस्तान्तरण हुँदाका बखत क्रेताले व्यवसायी वा व्यवसायीको तर्फबाट ढुवानीकर्तालाई भुक्तानी गर्ने व्यवस्था गर्न सकिनेछ। त्यसरी ढुवानीकर्तालाई भुक्तानी भएकोमा व्यवसायीले भुक्तानी पाएको मानिनेछ।

२) उपदफा (१) बमोजिम रकम भुक्तानी गर्दा प्रचलित भुक्तानी तथा फस्र्यौट सम्बन्धी संघीय कानून बमोजिमका भुक्तानीका उपकरण प्रयोग गर्न सकिनेछ ।

३) उपदफा (२) बमोजिम रकम भुक्तानी भएकोमा वस्तु वा सेवाको बिल बीजक तथा रकम भुक्तानीको विद्युतीय वा भौतिक भरपाई क्रेतालाई तुरुन्त उपलब्ध गराई सोको अभिलेख राख्नु पर्नेछ। त्यसरी रकम भुक्तानी भएकोमा रीतपूर्वक रकम भुक्तानी भएको मानिनेछ ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुद्रामा कुनै वस्तु वा सेवा खरिद वा बिक्री गर्दा प्रचलित संघीय कानुनको अधीनमा रही गर्नु पर्नेछ।

Share this Law

दफा ८: विद्युतीय व्यापारको भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.