परिच्छेद २ विद्युतीय व्यापारको सञ्चालन

दफा ५: सूचीकरण गर्नु पर्ने

Estimated reading: 1 minute 3 views

१) दफा ४ बमोजिम व्यवसायीले विद्युतीय प्लेटफर्म स्थापना गरेपछि विभागले स्थापना गरेको विद्युतीय व्यापार पोर्टलमा देहायका विवरण सहित सूचीकरण हुनको लागि विद्युतीय माध्यमबाट निवेदन दिनु पर्नेछः-

(क) व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाणपत्र नम्बर,

(ख) प्राइभेट फर्ममा दर्ता भएको व्यवसायीको हकमा सम्बन्धित प्रोप्राइटरको, साझेदारी फर्ममा दर्ता भएको व्यवसायीको हकमा साझेदारको र कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण,

(ग) व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण,

(घ) मूल्य अभिवृद्धि कर दर्ता नम्बर वा स्थायी लेखा नम्बर,

(ङ) व्यवसायीको टेलिफोन नम्बर, इमेल, सामाजिक सञ्जालको ठेगाना (लिङ्क) र सम्पर्क ठेगाना,

(च) शाखा वा आउटलेट भएको खण्डमा सोको सङ्ख्या र रहने स्थान, र

(छ) विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण।

२) यो ऐन प्रारम्भ हुँदाका बखत विद्युतीय व्यापार सञ्चालन गरिरहेको व्यवसायीले यो ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र उपदफा (१) बमोजिम विद्युतीय पोर्टलमा सूचीकरणको लागि निवेदन दिनु पर्नेछ ।

३) उपदफा (१) वा (२) बमोजिम विद्युतीय पोर्टलमा सूचीकरणको लागि निवेदन प्राप्त भएको मितिले सात दिनभित्र त्यस्तो प्लेटफर्म सूचीकरण भएको नम्बर सहितको जानकारी विभागले विद्युतीय माध्यमबाट सम्बन्धित व्यवसायीलाई दिनु पर्नेछ ।

४) उपदफा (३) बमोजिम सूचीकरण भएपछि सूचीकृत व्यवसायीले आफ्नो कुनै शाखा वा आउटलेट थपघट गरेमा त्यसरी थपघट भएको मितिले सात दिनभित्र विद्युतीय पोर्टलमा विवरण अद्यावधिक गर्नु पर्नेछ ।

Share this Law

दफा ५: सूचीकरण गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.