परिच्छेद २ विद्युतीय व्यापारको सञ्चालन

दफा १०: वस्तु वा सेवा फिर्ता गर्न सकिने

Estimated reading: 0 minutes 3 views

१) क्रेताले यस ऐन बमोजिम खरिद गरेको कुनै वस्तु वा सेवा व्यवसायीले दफा ६ अनुसार दिएको विवरण बमोजिम नभएमा क्रेताले त्यस्तो वस्तु वा सेवा प्रयोग नगरी वा क्षति नपुर्‍याई व्यवसायीलाई फिर्ता गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम क्रेताले वस्तु वा सेवा फिर्ता गर्न चाहेमा व्यवसायीले त्यस्तो वस्तु वा सेवा बिना कुनै सर्त फिर्ता लिनु पर्नेछ।

3) उपदफा (१) बमोजिम वस्तु वा सेवा फिर्ता भएकोमा क्रेताले चाहेमा व्यवसायीले त्यस्तो वस्तु वा सेवाको सट्टा सोही मूल्य बराबरको अर्को वस्तु वा सेवा उपलब्ध गराउन सक्नेछ।

४) उपदफा (१) बमोजिम वस्तु वा सेवा फिर्ता भएको र उपदफा (३) बमोजिम क्रेताले फिर्ता भएको वस्तु वा सेवाको सट्टा अर्को वस्तु वा सेवा लिन अस्वीकार गरेमा त्यसरी फिर्ता भएको वस्तु वा सेवा खरिद गर्दा भुक्तानी गरेको कर सहितको रकम व्यवसायीले सम्बन्धित क्रेतालाई फिर्ता दिनु पर्नेछ।

५) वस्तु वा सेवा फिर्ता सम्बन्धी अन्य व्यवस्था प्रचलित संघीय कानून बमोजिम हुनेछ।

Share this Law

दफा १०: वस्तु वा सेवा फिर्ता गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.