दफा ३कः बैङ्कले कारबाही गर्न सक्ने

Estimated reading: 1 minute 285 views

१) इजाजतपत्र प्राप्त व्यक्तिले बैङ्कले यस ऐन बमोजिम दिएको आदेश वा निर्देशनको पालना नगरेमा बैङ्कले त्यस्तो इजाजतपत्र प्राप्त व्यक्तिलाई देहायको कुनै वा सबै कारबाही गर्न सक्नेछः-

(क) नसिहत दिन,

(ख) विदेशी विनिमयको कुनै वा सबै कारोबारमा प्रतिबन्ध लगाउन,

(ग) बैङ्कमा रहेको नगद धरौटी जफत गर्न वा जमानतबाट असुल गर्न,

(घ) इजाजतपत्र निलम्बन वा रद्द गर्न।

२) उपदफा (१) बमोजिम बैङ्कले इजाजतपत्र प्राप्त व्यक्तिलाई कारावही गर्दा निजलाई आफ्नो पक्षमा सफाइ पेश गर्ने उचित अवसर प्रदान गर्नुपर्नेछ ।

Share this Law

दफा ३कः बैङ्कले कारबाही गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.