दफा २०: खबर गरेमा इनाम दिने

Estimated reading: 0 minutes 234 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियम, आदेश, सूचना, निर्देश, इजाजत वा इजाजतपत्रको विपरीत विदेशी विनिमय सम्बन्धी अपराध गरेको कुराको सुराक कुनै व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारबाट अधिकार प्राप्त अधिकारी समक्ष दिइ त्यसरी दिएको सुराकको आधारमा विदेशी विनिमय पक्राउ भई अपराध प्रमाणित हुन आएमा त्यसरी पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बीस प्रतिशत त्यस्तो सुराक दिने व्यक्तिलाई इनाम दिइनेछ।

२) उपदफा (१) बमोजिम दिइने इनामको रकम मुद्दाको अन्तिम टुङ्गो लागेपछि पक्राउ भएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गरी हुन आउने रकमबाट दिइनेछ।

Share this Law

दफा २०: खबर गरेमा इनाम दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.