दफा ११ङः पक्राउ गर्ने

Estimated reading: 0 minutes 248 views

१) कुनै व्यक्तिले यस ऐन वर्खिलाप कुनै काम गरेको छ वा गर्न लागेको छ भनी शङ्का गर्नुपर्ने पर्याप्त कारण र आधार भएमा अनुसन्धान अधिकृतले पक्राउ पूर्जी जारी गर्न सम्बन्धित अदालतमा निवेदन दिई पक्राउ पूर्जी जारी भई आए पछि त्यस्तो व्यक्तिलाई जुनसुकै ठाउँमा पक्राउ गर्न सकिनेछ।

तर त्यस्तो व्यक्ति तत्काल पक्राउ नभएमा वा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण, दसी वा सबुत नष्ट गर्न सक्ने मनासिब कारण भएमा वा कसूरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसूर गरिरहेको अवस्थामा वा अनुसन्धान अधिकारीको उपस्थितिमा रहेमा त्यस्तो व्यक्तिलाई तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी गिरफ्तार गर्न सकिनेछ ।

२) उपदफा (१) बमोजिम पक्राउ परेको व्यक्तिलाई बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्न अधिकारी अधिकारी समक्ष समक्ष पेश गनुपर्नेछ।

१ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित।

२ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा थप।

Share this Law

दफा ११ङः पक्राउ गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.