विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा ११गः सवारी रोक्ने र खानतलासी लिने

Estimated reading: 0 minutes 6 views

१) यस ऐन विपरीत कार्य गर्न कुनै सवारीको साधन प्रयोग गरिएको छ वा प्रयोग गर्न लागिएको छ वा यस ऐन विपरीत हुने गरी कुनै विदेशी विनिमय त्यसमा लुकाएको छ भन्ने शङ्का गर्नुपर्ने पर्याप्त कारण र आधार भएमा अनुसन्धान अधिकारीको आदेशले जुनसुकै बेला वा ठाउँमा त्यस्तो सवारीलाई रोक्न सकिनेछ।

२) उपदफा (१) बमोजिम रोकिएका सवारीको कुनै पनि भाग र त्यसमा रहेको मालसामानहरूको खानतलासी लिन वा जाँचबुझ गर्न सकिनेछ र त्यसरी खानतलासी लिंदा यस ऐन विपरीतको कुनै विदेशी विनिमय वा सोसँग सम्बन्धित कुनै लिखत फेला परेमा सो कब्जामा लिन सकिनेछ ।

Share this Law

दफा ११गः सवारी रोक्ने र खानतलासी लिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.