दफा १०गः विदेशी विनिमय फिर्ता लैजाने, लगानी गर्ने र हक हस्तान्तरण गर्ने व्यवस्था

Estimated reading: 1 minute 253 views

१) प्रचलित कानुन बमोजिम धितोपत्रमा लगानी गर्न स्वीकृति पाएका विदेशी लगानीकर्ताले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको प्रक्रिया बमोजिम देहाय बमोजिमको रकम विदेशी मुद्रामा नेपाल बाहिर लैजान वा पठाउन पाउने छन्:-

(क) धितोपत्रमा गरेको लगानी र सो बापत प्राप्त लाभ वा लाभांश,

(ख) ऋण वा ऋण सुविधाको रूपमा गरेको लगानी र सोको ब्याज।

२) नेपाल बाहिर बसोबास गर्ने नेपाली नागरिकले नेपाल भित्र विदेशी विनिमयमा लगानी गर्न स्वीकृति पाएमा उपदफा (१) बमोजिम सुविधा दिइनेछ ।

३) उपदफा (१) को खण्ड (क) मा उल्लिखित धितोपत्रमध्ये सूचीकरण भएको धितोपत्रको हकमा धितोपत्र विनिमय बजारमा कारोबार भए बमोजिमको मूल्यले हुने रकम र सूचीकरण नभएको धितोपत्रको हकमा बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको प्रक्रियाबमोजिम निर्धारण गरिएको सम्बन्धित संस्थाको सम्पत्तिको आधारमा विदेशी विनिमयमा लैजान वा पठाउन पाइनेछ ।

४) प्रचलित कानुन बमोजिम तिर्नुपर्ने कर वा शुल्क विदेशी मुद्रामा भुक्तानी गरेमा कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थाले प्राप्त गरेको धितोपत्र कुनै अर्को विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई प्रचलित कानुनको रीत पुऱ्याई हक हस्तान्तरण गर्न सक्नेछ।

५) प्रचलित कानुन बमोजिम विदेशी लगानीकर्ताले गरेको प्रविधि हस्तान्तरण सम्झौतामा उल्लेख भएबमोजिम प्राविधिक शुल्क, रोयल्टी आदि बापतको रकम विदेशमा लैजान वा पठाउन पाउनेछ।

६) नेपालमा कार्यरत इजाजपत्र प्राप्त विदेशी वायु सेवा, निजका एजेण्ट वा त्यस्तो कार्य गर्न अधिकृत गरिएका नेपाली व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपालमा विक्री गरेका हवाई टिकट तथा कार्गो बापतको रिप्याट्रिएशन लैजाने वा पठाउने प्रक्रियाको सम्बन्धमा बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएबमोजिम हुनेछ ।

७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली मुद्रामा लगानी गरी विदेशी मुद्रा आर्जन नगर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले यस दफा बमोजिम विदेशी मुद्रामा भुक्तानी लिन दिन पाउने छन्।

Share this Law

दफा १०गः विदेशी विनिमय फिर्ता लैजाने, लगानी गर्ने र हक हस्तान्तरण गर्ने व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.