दफा ६: बोनस पाउने अवस्था

Estimated reading: 1 minute 43 views

१) कुनै एक आर्थिक वर्षमा काम गर्न पर्ने जति अवधिको आधा अवधि काम गर्ने कर्मचारीले यस ऐन बमोजिम बोनस पाउन सक्नेछ।

तर क्याजुयल वा बदलीमा काम गर्ने कर्मचारीले बोनस पाउने छैन।

२) उपदफा (१) को प्रयोजनको लागि देहायको अवधि पनि कर्मचारीले काम गरेको अवधिमा गणना गरिनेछः-

(क) कुनै कबुलियत बमोजिम वा श्रम ऐन, २०७४ को दफा १५ बमोजिम जगेडामा रहेको अवधि।

(ख) कुनै प्रकारको तलबी बिदामा बसेको अवधि,

(ग) प्रतिष्ठानको कामको सिलसिलामा दुर्घटनामा परी अशक्त रहेको अवधि।

Share this Law

दफा ६: बोनस पाउने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.