दफा १६: बोनस सम्बन्धी विवादको समाधान

Estimated reading: 0 minutes 170 views

१) यस ऐन बमोजिम वितरण गरिने बोनसको विषयलाई लिएर कर्मचारी र व्यवस्थापकको बीच कुनै विवाद उठेमा श्रम कार्यालयले दुवै दुवै पक्ष राखी वार्ताद्वारा त्यस्तो विवादको समाधान गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम वार्ताद्वारा विवाद समाधान हुन नसकेमा श्रम कार्यालयले सम्बन्धित प्रतिष्ठान र कर्मचारीहरुलाई आवश्यक कागजात तथा स्याहा स्रेस्ता पेश गर्न लगाई त्यसको आधारमा निर्णय गर्न सक्नेछ।

३) उपदफा (२) बमोजिम श्रम कार्यालयले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले सोको सूचना पाएको मितिले ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न सक्नेछ र श्रम अदालतले गरेको निर्णय अन्तिम हुनेछ।

Share this Law

दफा १६: बोनस सम्बन्धी विवादको समाधान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.