परिच्छेद-२ बैङ्किङ्ग कसूर

दफा ९ः बैङ्किङ्ग स्रोत, साधन र सम्पत्तिको दुरुप्रयोग गर्न नहुने

Estimated reading: 0 minutes 115 views

1१) बैङ्क वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानून बमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, मेनेजिङ्ग एजेण्ट वा सम्बद्ध व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिका परिवारका सदस्यले बैङ्क वा वित्तीय संस्थाबाट सुविधा लिई वा अन्य कुनै तरिकाले बैङ्क वा वित्तीय संस्थाको स्रोत र साधनको दुरुपयोग गर्न हुँदैन ।

२) कसैले पनी निक्षेपकर्ता वा बैङ्क वा वित्तीय संस्थाको हित प्रतिकुल हुने गरी बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति खर्च गर्न गराउन हुँदैन।

३) कसैले पनि गैर बैङ्किङ्ग सम्पत्ति लगायत बैङ्क वा वित्तीय संस्थाको अन्य कुनै कारोबार गर्दा कुनै आर्थिक अनियमितता गर्नु हुँदैन।

1पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ९ः बैङ्किङ्ग स्रोत, साधन र सम्पत्तिको दुरुप्रयोग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.