दफा ३ः अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने

Estimated reading: 1 minute 297 views

कसैले पनि बैङ्क वा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा देहायको कार्य गर्न हुँदैन :-

1(क) नक्कली कागजात पेश गरी खाता खोल्न वा त्यस्तो कागजात पेश गरी खाता खोल्न लागेको छु भन्ने जानी जानी खाता खोलिदिन वा त्यस्तो खातामा रकम जम्मा गर्न, गराउन वा त्यस्तो खाताबाट रकम निकाल्न वा सो कार्यमा सहयोग गर्न वा त्यसरी खाता खोली विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्न,

(ख) कानून बमोजिम बाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्न वा खाता खोलिदिन,

1(ग) आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन।

1पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ३ः अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.