दफा २ः परिभाषा

Estimated reading: 1 minute 409 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क)“बैङ्क” भन्नाले प्रचलित कानून बमोजिम ‘क’ वर्गको वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त संस्था सम्झनु पर्छ।

(ख)“बैङ्किङ्ग कसूर” भन्नाले परिच्छेद-२ बमोजिमको कसूर सम्झनु पर्छु।

(ग)“वित्तीय संस्था” भन्नाले प्रचलित कानून बमोजिम ‘ख’, ‘ग’, र ‘घ’ वर्गको वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त संस्था सम्झनु पर्छ।

(घ)“संस्था” भन्नाले बैङ्क वा वित्तीय संस्थामा प्रचलित कानून बमोजिम खाता खोल्न सक्ने फर्म वा कम्पनी सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम स्थापित अन्य सङ्गठित संस्था वा एजेन्सी समेतलाई जनाउँछ।

(ङ)“ऋणी” भन्नाले बैङ्क वा वित्तीय संस्थाबाट क्रृण लिने व्यक्ति, फर्म, कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले जमानत दिने व्यक्ति समेतलाई जनाउँछ।

1(च) “सहकारी संस्था वा संघ” भन्नाले सहकारी ऐन, २०४८ को दफा २६ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ्ग कारोबार गर्न स्वीकृति प्राप्त गरेका सहकारी संस्था वा संघ सम्झनु पर्छ।

1(छ) “ढुकुटीको कारोबार” भन्नाले एक आपसमा रकम उठाई सहमतिका आधारमा आलोपालो गरी रकम लिने वा दिने गरी गरेको कारोबार सम्झनु पर्छ।

1(ज) “वित्तीय प्रणाली” भन्नाले कुनै पनि बैङ्किङ्ग वा गैर बैङ्किङ्ग वित्तीय कारोबार गर्नका लागि कानून बमोजिम स्थापना भई सञ्चालनमा रहेका बैङ्क वा वित्तीय संस्था, सहकारी संघ संस्था, वित्तीय मध्यस्थताको काम गर्ने संस्था, धितोपत्र, सेवा तथा वस्तु विनिमय सम्बन्धी कारोबार गर्ने संस्था, बीमा एवं सुरक्षण सम्बन्धी कारोबार गर्ने संस्था तथा सामूहिक कोष खडा गरी कारोबार गर्ने संस्थाहरु र त्यस्ता संस्थाहरुले प्रदान गर्ने सेवा, भुक्तानी तथा फर्स्यौट प्रणाली सहितको समग्र वित्तीय प्रणाली सम्झनु पर्छु।

1(झ) “अख्तियारप्राप्त व्यक्ति” भन्नाले कुनै काम कारोबारको सिलसिलामा अन्तिम निर्णय गर्ने अधिकारप्राप्त व्यक्ति वा पदाधिकारी सम्झनु पर्छ।

1(ञ) “परिवारको सदस्य” भन्नाले बैङ्क वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानून बमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, मेनेजिङ्ग एजेण्ट वा सम्बद्ध व्यक्तिको सगोलमा रहेका पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाइ र दिदी, बहिनी समेतलाई जनाउँछ।

1 पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.