परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ८५: आपसी सहयोग आदान प्रदान गर्ने

Estimated reading: 1 minute 40 views

१) आ-आफ्नो सुपरिवेक्षण क्षेत्राधिकार अन्तर्गत पर्ने वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्नको लागि बैङ्कले सम्बन्धित विदेशी सुपरिवेक्षण अधिकारीसँग पारस्परिकताको आधारमा सहयोगको आदान प्रदान गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम सुपरिवेक्षण गर्ने प्रयोजनको लागि प्राप्त जानकारी वा सूचना गोपनीयता भङ्ग नहुने गरी बैङ्कले विदेशी सुपरिवेक्षण अधिकारीसँग आदान प्रदान गर्न सक्नेछ।

३) बैङ्कले वित्तीय प्रणालीसँग सम्बन्धित नीति नियमन गर्ने अन्य निकायसँग वित्तीय प्रणालीको सम्वर्द्धन गर्ने प्रयोजनका निमित्त एक आपसमा सहयोगको आदान प्रदान गर्न सक्नेछ।

Share this Law

दफा ८५: आपसी सहयोग आदान प्रदान गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.