परिच्छेद ९क फरफारख सम्बन्धी व्यवस्था

दफा ८८डः फरफारख सम्बन्धी कार्यको अन्तिम विवरण पेश गर्नुपर्ने

Estimated reading: 0 minutes 41 views

१) विशेष प्रशासन समूहले फरफारख सम्बन्धी कार्य सम्पन्न गरेपछि वा त्यस्तो समूहको म्याद समाप्त भएपछि वा कुनै कारणले सो समूह विघटन भएको पन्ध्र दिनभित्र निजले आफूले सम्पन्न गरेको काम कारबाही एवं सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको आम्दानी र खर्चको विवरण, वित्तीय कारोबारको श्रोत एवं सोको उपयोग सम्बन्धी विवरण लगायत बाँकी सम्पत्ति र दायित्वको विवरण तयार गरी परीक्षण गराई सो समेत समावेश गरिएको प्रतिवेदन बैङ्क समक्ष पेश गर्नु पर्नेछ। त्यस्तो प्रतिवेदनमा सो संस्थाका सन्दर्भमा भविष्यमा बैङ्कले चाल्नुपर्ने कदमहरुको सम्बन्धमा आवश्यक सुझाव समेत समावेश गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम प्रतिवेदन प्राप्त भएपछि बैङ्कले सो प्रतिवेदनमा उल्लिखित सुझाव समेतलाई विचार गरी दफा ८८छ. बमोजिम उक्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सञ्चालनको व्यवस्था मिलाउने वा दफा ८८ण. बमोजिम खारेजीको लागि अदालतमा निवेदन दिने विषयमा आवश्यक निर्णय गर्नु पर्नेछ।

Share this Law

दफा ८८डः फरफारख सम्बन्धी कार्यको अन्तिम विवरण पेश गर्नुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.