दफा ८८ञः विशेष प्रशासन समूहले बैङ्क वा वित्तीय संस्था नियन्त्रणमा लिएपछिको असर

Estimated reading: 0 minutes 270 views

१) विशेष प्रशासन समूहले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्था आफ्नो नियन्त्रणमा लिएपछि दफा ८८झ. बमोजिम भुक्तानी प्राप्त गर्न नसक्ने सो संस्थाका निक्षेपकर्ता तथा साहुहरुको दाबी र कुनै लेनाको सम्बन्धमा उक्त संस्थाको सम्पत्ति माथिको अधिकार कायम गर्ने कुनै पनि कार्य स्वतः स्थगन हुनेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संशोधन, भुक्तानी र फर्स्यौट प्रणालीमा संलग्न व्यक्तिसँगको कारोबार तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी कार्य र फरफारखको प्रक्रियासँग सम्बन्धित नभएका काम कुराहरु स्थगन भएको मानिने छैन।

३) वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई फरफारखको प्रक्रियामा लैजाने प्रयोजनको लागि विशेष प्रशासन समूह गठन हुनुभन्दा छ महिना अगावै त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्था उपर कुनै दायित्व वा सुरक्षणको अधिकार सिर्जना भएकोमा बाहेक त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कुनै सम्पत्ति, दायित्व वा सुरक्षण उपर कसैको अधिकार सिर्जना भएको मानिने छैन।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि फरफारखको प्रक्रिया चलिरहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्तिमाथि विशेष प्रशासन समूहले सिर्जना गरेको कुनै प्रकारको दायित्व वा सुरक्षणलाई बाधा पुर्‍याएको मानिने छैन।

५) विशेष प्रशासन समूह गठन भएपछि सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको शेयरधनी वा अन्य कुनै प्रकारको स्वामित्व रहेका व्यक्तिको सम्पूर्ण अधिकार फरफारखको प्रक्रिया नभएसम्म स्वतः समाप्त निष्क्रिय हुनेछ ।

६) विशेष प्रशासन समूह गठन भई फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको हकमा धितोपत्र सम्बन्धी प्रचलित कानूनमा रहेका व्यवस्था लागू हुने छैन।

Share this Law

दफा ८८ञः विशेष प्रशासन समूहले बैङ्क वा वित्तीय संस्था नियन्त्रणमा लिएपछिको असर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.