दफा ८८ङः फरफारख सम्बन्धी कार्यको सूचना र दर्ता

Estimated reading: 1 minute 167 views

१) विशेष प्रशासन समूहले फरफारख सम्बन्धी कार्य प्रारम्भ गरेको दुई दिनभित्र देहायको विवरण सहितको सूचना सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको प्रत्येक कार्यालयलाई दिनु पर्नेछः-

(क) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई आफूले नियन्त्रणमा लिई काम शुरु गरेको मिति र समय,

(ख) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको आर्थिक कारोबार गर्ने वा सोको व्यवस्थापन गर्ने वा सो सम्बन्धी निर्देशन दिने साविकको अधिकार प्राप्त व्यक्तिको अख्तियारी तथा जिम्मेवारी खारेज गरिएको व्यहोरा,

(ग) निक्षेपकर्ताले सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थामा रहेको आफ्नो निक्षेप र तोकिएको बीमा तथा सुरक्षण रकमभन्दा बढी रहेको आफ्नो दाबी प्रस्तुत गर्ने तरिका, समय र स्थान,

(घ) निक्षेपकर्ताले बीमा र सुरक्षण भएको आफ्नो निक्षेप फिर्ता पाउने तरिका, समय र स्थान, र

(ङ) सुरक्षित साहुले वाणिज्य बैङ्क वा वित्तीय संस्थाबाट प्राप्त गर्नुपर्ने दाबी प्रस्तुत गर्ने तरिका, समय र स्थान।

२) उपदफा (१) बमोजिमका विवरण सहितको सूचना सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सरोकारवालाले जानकारी प्राप्त गर्ने गरी सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ। यस्तो सूचनालाई प्रत्येक हप्ता प्रकाशन हुने गरी चार हप्तासम्म राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।

३) विशेष प्रशासन समूहले सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्था फरफारखको प्रक्रियामा गएको अवस्था र सो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको अख्तियारी प्राप्त अधिकारी तथा निजको अख्तियारीमा भएको परिवर्तन सम्बन्धी जानकारी बैङ्क, कम्पनी रजिष्ट्रारको कार्यालय, सम्बन्धित धितोपत्र विनिमेय बजार र प्रचलित कानून बमोजिम निक्षेप सुरक्षण गर्न स्थापित संस्था र अन्य सम्बन्धित निकायमा समेत अभिलेखका लागि पठाउनु पर्नेछ।

Share this Law

दफा ८८ङः फरफारख सम्बन्धी कार्यको सूचना र दर्ता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.