परिच्छेद ७ विदेशी विनिमय नीति, नियमन र सञ्चिति

दफा ६५: विदेशी विनिमयको कारोबार

Estimated reading: 0 minutes 49 views

१) बैङ्कले विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद वा बिक्री गर्न सक्नेछ।

२) बैङ्कले उपदफा (१) बमोजिम गर्ने खरिद बिक्री स्पट, अग्रिम विनिमय दर, स्वाप, अप्सन वा यस्तै प्रकारका अन्य उपकरण, नगद वा कुनै पनि विनिमेय अधिकारपत्रको माध्यमबाट गर्न सक्नेछ।

३) बैङ्कले दफा ६६ को उपदफा (१) को प्रयोजनको लागि विदेशी विनिमय खरिद वा बिक्री गर्न सक्नेछ। त्यस्तो खरिद, बिक्री स्पट, अग्रिम विनिमय दर, स्वाप, अप्सन वा यस्तै अन्य उपकरणको आधारमा समेत गर्न सक्नेछ ।

४) बैङ्कले विदेशी मुद्राहरुको खरिद बिक्री दर कायम गरी कारोबार गर्नेछ। यसरी कारोबार गर्दा गरिने कारोबारको आधार, सीमा तथा शर्त बैङ्कले तोके बमोजिम हुनेछ।

Share this Law

दफा ६५: विदेशी विनिमयको कारोबार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.