दफा ६३: विदेशी विनिमय व्यवस्थापन

Estimated reading: 1 minute 322 views

विदेशी विनिमयको व्यवस्थापन बैङ्कले गर्नेछ। यस्तो व्यवस्थापन गर्न बैङ्कलाई देहाय बमोजिमको अधिकार हुनेछः-

(क) विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्तिलाई यस ऐन वा अन्य प्रचलित कानूनको अधीनमा रही इजाजतपत्र जारी गर्ने।

(ख) इजाजतपत्र प्राप्त व्यक्तिबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा विनियम बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने।

(ग) इजाजतपत्र प्राप्त व्यक्तिको निरीक्षण, अनुगमन गर्ने।

(घ) इजाजतपत्र प्राप्त व्यक्तिको कारोबारको आधार, सीमा तथा शर्त निर्धारण गर्ने।

(ङ) नेपाली रुपैयाँको विदेशी विनिमय दर निर्धारण पद्धति तोक्ने।

Share this Law

दफा ६३: विदेशी विनिमय व्यवस्थापन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.