परिच्छेद ६ मौद्रिक एकाई, बैङ्क नोट र सिक्का

दफा ५७: झुत्रो वा खोटो मुद्रा

Estimated reading: 0 minutes 42 views

१) बैङ्कले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य बैङ्क नोट वा सिक्कासँग सटही गरिदिन सक्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा पचास प्रतिशत भन्दा बढी भाग नभएको बैङ्क नोट वा सिक्का सटही गर्न इन्कार गर्न सक्नेछ।

३) बैङ्कले उपदफा (१) बमोजिमको बैङ्क नोट वा सिक्काको धनीलाई तोकिए बमोजिम क्षतिपूर्ति दिई वा नदिई त्यस्ता बैङ्क नोट वा सिक्का खिच्न वा नष्ट गर्न सक्नेछ।

४) हराएको वा चोरिएको बैङ्क नोट वा सिक्काको धनीलाई बैङ्कबाट सट्टाभर्ना पाउने हक हुने छैन। बैङ्कले कुनै मुआब्जा नदिई बाहिरी स्वरुप परिवर्तन गरिएको वा खोटो सिक्का वा नक्कली नोट जफत गर्न सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “खोटो सिक्का” भन्नाले बैङ्कले निष्कासन गरेको सिक्काको नक्कल गरी टक मारेको, डाली वा खोदी बनाएको नक्कली सिक्का वा बैङ्कबाट निष्कासन गरेको सिक्कालाई दुई वा दुई भन्दा बढी टुक्रा हुने गरी काटेको, फुटाएको वा सिक्कामा उल्लिखित अड्ढ, अक्षर तथा चिन्ह मेटिएको सिक्का सम्झनु पर्छ।

Share this Law

दफा ५७: झुत्रो वा खोटो मुद्रा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.