परिच्छेद ५ मौद्रिक कार्य र खुला बजार सञ्चालन

दफा ४५ः खुला बजार कारोबार सञ्चालन

Estimated reading: 0 minutes 62 views

*१) बैङ्कले सम्झौता गरी नेपाल सरकारको तर्फबाट जारी गरेको ऋणपत्र वा बैङ्कले जारी गरेको वा तोकेको ऋणपत्र तत्काल खरिद वा बिक्री गर्ने वा पछि खरिद वा बिक्री गर्ने गरी खुला बजार कारोबार सञ्चालन गर्नेछ।

२) बैङ्कले उपदफा (१) बमोजिमको खुला बजार कारोबार सञ्चालन गर्दा नेपाल सरकारका ऋणपत्रहरु वा बैङ्क आफैले जारी गरेका ऋणपत्रको सुरक्षणमा रिपर्चेज एग्रिमेण्ट वा रिभर्स रिपर्चेज एग्रिमेण्ट गरी अल्पकालीन तरलता व्यवस्थापनको कार्य समेत गर्न सक्नेछ।

३) बैङ्कले खुला बजार कारोबार सञ्चालनका लागि अन्य उपयुक्त उपकरण समेत जारी गर्न सक्नेछ।

* दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ४५ः खुला बजार कारोबार सञ्चालन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.