परिच्छेद ४ आर्थिक व्यवस्था

दफा ४०ः खुद आय व्ययको गणना

Estimated reading: 0 minutes 36 views

*१) बैङ्कले प्रत्येक आर्थिक वर्षमा आफ्नो आय व्ययको विवरण तयार गर्नेछ।

२) उपदफा (१) बमोजिम आय व्ययको विवरण तयार गर्दा नेपाल लेखामान बमोजिम गर्नु पर्नेछ ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल लेखामानमा समावेश नभएका क्षेत्रहरुको हकमा अन्तर्राष्ट्रिय लेखा मापदण्डलाई आधारको रुपमा लिनु पर्नेछ ।

४) आय व्ययको विवरण तयार गर्दा बैङ्कलाई प्राप्त भैसकेको आय, बैङ्कले व्यहोरेको वा व्यहोर्न बाँकी रहेको व्यय र खुद मूल्याङ्कन आय वा व्यय समायोजन गरी खराब वा शङ्कास्पद ऋण तथा सम्पत्तिको हास कट्टी व्यवस्था घटाई खुद आय यकिन गर्नु पर्नेछ।

*दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ४०ः खुद आय व्ययको गणना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.