परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा ३३ः व्यवस्थापन समिति

Estimated reading: 0 minutes 42 views

१) बैङ्कले गर्नुपर्ने कामहरु सुचारु रुपले सञ्चालन गर्न समितिको मातहतमा रहने गरी गभर्नरको अध्यक्षतामा एउटा व्यवस्थापन समितिको गठन हुनेछ। व्यवस्थापन समितिका अन्य सदस्यहरुमा दुईजना डेपुटी गभर्नर र सदस्य सचिवको रुपमा कार्य गर्न गभर्नरले तोकेको बैङ्कको एकजना वरिष्ठ अधिकृत रहनेछ।

२) उपदफा (१) बमोजिम गठन भएको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार टोकिए बमोजिम हुनेछ ।

३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गभर्नरले व्यवस्थापन समितिको बैठकमा भाग लिन बैङ्कका अन्य कुनै पनि अधिकृतलाई आमन्त्रण गर्न सक्नेछ।

४) समितिले आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा आवधिक रुपमा देशको मौद्रिक तथा आर्थिक अवस्थाको मूल्याङ्कन गर्नु पर्नेछ। यसका लागि व्यवस्थापन समितिले कम्तीमा महिनाको एक पटक समितिमा बैङ्कको प्रशासन र सञ्चालनका बारेमा, मौद्रिक तथा नियमन नीति सञ्चालनका बारेमा र देशको बैङ्किङ्ग प्रणालीको स्वस्थता, मुद्रा, पूँजी तथा विदेशी विनिमय बजारको अवस्था लगायत त्यस्ता नीतिहरुको कार्यान्वयन तथा त्यसले बैङ्किङ्ग प्रणालीमा पार्न सक्ने प्रभाव, परिस्थिति र महत्वपूर्ण घटनाहरुका बारेमा प्रतिवेदन पेश गर्नेछ।

Share this Law

दफा ३३ः व्यवस्थापन समिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.