दफा २९ः समितिको काम, कर्तव्य तथा अधिकार

Estimated reading: 1 minute 279 views

समितिको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछः-

(क) मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने।

(ख) बैङ्क नोट तथा सिक्काको दर, चित्र, आकार, धातु, नोट छपाई गर्ने वस्तु वा अन्य पदार्थ सम्बन्धमा आवश्यक निर्णय गर्ने र सो को निष्कासनका सम्बन्धमा आवश्यक नीतिको तर्जुमा गर्ने।

(ग) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गराउने व्यवस्था र बैङ्किङ्ग तथा वित्तीय व्यवस्थाका सम्बन्धमा आवश्यक नीति निर्माण गर्ने ।

(घ) बैङ्कको नियम तथा विनियम स्वीकृत गर्ने र बैङ्कको सञ्चालन र व्यवस्थापनमा लागू हुने नीति निर्माण गर्ने ।

(ङ) बैङ्कका कर्मचारीहरुको नियुक्ति, बढुवा, सरुवा, बर्खास्ती, पारिश्रमिक, निवृत्तभरण, उपदान, सञ्चय कोष, विदा, आचरण तथा सेवा सम्बन्धी अन्य शर्तहरु बारे नीति निर्धारण गर्ने।

(च) बैङ्कको लागि वार्षिक कार्यक्रम र बजेट तथा वार्षिक लेखापरीक्षणको हिसाब स्वीकृत गर्ने र सोको प्रतिवेदन जानकारीको लागी नेपाल सरकारमा पेश गर्ने।

(छ) बैङ्कको काम कारबाही बारेको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने।

(ज) वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई इजाजतपत्र दिने र रद्द गर्ने सम्बन्धमा नीति निर्माण गर्ने।

(झ) बैङ्कले नेपाल सरकारलाई प्रदान गर्ने कर्जाको सीमा स्वीकृत गर्ने।

(ञ) बैङ्कले वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई दिने कर्जा तथा पुनर्कर्जाको रकम, सीमा तथा शर्तको निर्धारण गर्ने।

(ट) अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैङ्कको सदस्यता सम्बन्धमा निर्णय गर्ने।

(ठ) बैङ्कको वित्तीय स्रोत परिचालन र लगानी नीति निर्माण गर्ने ।

(ड) यस ऐनमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएमा सो को कारण खुलाई नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने।

(ढ) यस ऐन अन्तर्गत गभर्नरको अधिकार क्षेत्रभित्र पर्ने बाहेकका अरु सबै विषयमा निर्णय गर्ने।

(ण) समितिमा रहेका अधिकारहरु अवधि तोकी वा नतोकी गभर्नर वा समितिद्वारा गठित उपसमितिलाई प्रत्यायोजन गर्ने।

Share this Law

दफा २९ः समितिको काम, कर्तव्य तथा अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.