परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा २१ः सञ्चालकको अयोग्यता

Estimated reading: 1 minute 32 views

देहायका कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन अयोग्यता हुने छः-

(क) राजनैतिक दलको सदस्य वा पदाधिकारी, वा

(ख) वाणिज्य बैङ्क वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति, वा

(ग) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वा

(घ) वाणिज्य बैङ्क तथा वित्तीय संस्थामा पाँच प्रतिशत वा सो भन्दा बढी शेयर वा मतदानको अधिकार भएको व्यक्ति, वा

(ङ) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, वा

(च) बहुलाएको व्यक्ति, वा

(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति।

Share this Law

दफा २१ः सञ्चालकको अयोग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.