दफा ११२: खारेजी र बचाउ

Estimated reading: 1 minute 334 views

(१) देहायका ऐनहरु खारेज गरिएका छन्ः-

(क) नेपाल राष्ट्र बैङ्क ऐन, २०१२,

(ख) मुद्रा ऐन, २०४०।

(२) उपदफा (१) अन्तर्गत खारेज गरिएका ऐनहरु बमोजिम भए गरेका सम्पूर्ण काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

द्रष्टव्यः-

१. नेपाल राष्ट्र बैङ्क (पहिलो संशोधन) ऐन, २०६३ को दफा ७ यस प्रकार रहेको छः-

७. नेपाल राष्ट्र बैङ्क (पहिलो संशोधन) अध्यादेश निष्क्रिय भएपछि त्यसको परिणामः

नेपाल राष्ट्र बैङ्क (पहिलो संशोधन) अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अध्यादेश, अभिप्राय नदेखिएमा सो निष्क्रियताले,

(क) सो अध्यादेश निष्क्रिय हुँदाका वखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,

(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुच्याइ अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,

(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,

(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा वा जफतलाई असर पार्ने छैन,

(ङ) माथि लेखिएको कनै त्यस्तो हक, सुविधा, कर्तव्य दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ।

२. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरुः-

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।

३. केही नेपाल कानूनलाई संशोधन समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रुपान्तर गरिएका शब्दहरु “सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची-१” को सट्टा “मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-१”।

४. खारेजी र बचाउः

(१) सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ खारेज गरिएको छ।

(२) सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

(३) राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गरिएको छ।

(४) राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

(५) उपदफा (४) बमोजिमको राष्ट्रिय सहकारी विकास बोर्डको चल अचल सम्पत्ति लगायतको जायजेथा, दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्नेछ ।

(६) यो दफा प्रारम्भ हुँदाका बखत बहाल रहेका राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य यो दफा प्रारम्भ भए पछि आफ्नो पदबाट स्वतः पदमुक्त हुनेछन् ।

(७) उपदफा (५) बमोजिमका कर्मचारीलाई प्राधिकरणको समान तह र पदमा तोकिए बमोजिम समायोजन गर्न तथा तोकिएको सुविधा प्रदान गरी स्वेच्छिक अवकास दिन सकिनेछ ।

Share this Law

दफा ११२: खारेजी र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.