दफा १०७: असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने

Estimated reading: 0 minutes 208 views

१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा गभर्नर, डेपुटी गभर्नर, सञ्चालक वा बैङ्कका कर्मचारी वा विशेष प्रशासन समूह व्यक्तिगत वा सामुहिक रुपले जवाफदेही हुने छैनन् ।

तर जानाजान वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा भने निजहरु व्यक्तिगत रुपमा जिम्मेवार हुनेछन्।

२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको पालना गर्नको निमित्त असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराले हुन आएको वा हुने हानि नोक्सानीको सम्बन्धमा गभर्नर, डेपुटी गभर्नर, सञ्चालक वा बैङ्कका कुनै अधिकृत वा कर्मचारी विरुद्ध कुनै किसिमको मुद्दा परेमा त्यस्तो मुद्दाको खर्च बैङ्कले व्यहोर्नेछ ।

तर जानाजान वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा परेको मुद्दाको खर्च बैङ्कले व्यहोर्ने छैन।

Share this Law

दफा १०७: असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.