दफा १०६कः वाणिज्य बैङ्क वा वित्तीय संस्थामा काम गर्न नहुने

Estimated reading: 0 minutes 208 views

*१) गभर्नर भइसकेको व्यक्तिले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामा कुनै पनि हैसियतमा रही काम गर्न हुँदैन।

२) डेपुटी गभर्नर र बैङ्कका कार्यकारी निर्देशक आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले तीन वर्षसम्म र बैङ्कको अधिकृत स्तरको कर्मचारी आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले दुई वर्षसम्म कुनै पनि वाणिज्य बैङ्क वा वित्तीय संस्थामा कुनै पनि हैसियतमा रही काम गर्न हुँदैन।

तर यस उपदफामा तोकिएको समयावधि पुरा भएपछि कुनै पनि वाणिज्य बैङ्क वा वित्तीय संस्थामा कुनै पनि हैसियतमा रही काम गर्नको लागि सम्बन्धित डेपुटी गभर्नर, कार्यकारी निर्देशक वा अधिकृतले बैङ्कको पूर्व स्विकृति लिनु पर्नेछ ।

३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारबाट नियुक्ति हुने पदमा यो व्यवस्था लागू हुने छैन।

* दोस्रो संशोधनद्वारा थप।

Share this Law

दफा १०६कः वाणिज्य बैङ्क वा वित्तीय संस्थामा काम गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.