दफा १०१: आर्थिक जरिबाना र सजायको कार्यविधि

Estimated reading: 1 minute 303 views

१) दफा ९९ तथा दफा १०० बमोजिम आर्थिक जरिबाना वा सजाय गर्दा बैङ्कले देहायको कार्यविधि अवलम्बन गर्नु पर्नेछः-

(क) प्रस्तुत सजाय वा उल्लेख गरी आरोपित संस्था वा व्यक्तिलाई प्रस्तावित जरिबाना वा सजायको बारेमा आफ्नो सफाइ पेश गर्ने पन्ध्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछः-

(१) कसूरको प्रकृति,

(२) कसूरको प्रकृति अनुरुप लगाउन सकिने जरिबानाको रकम वा प्रस्तावित सजाय, र

(३) कसूरको संक्षिप्त व्यहोरा।

(ख) खण्ड (क) बमोजिम आरोपित संस्था वा व्यक्तिले उक्त आरोपसँग सहमत वा असहमत भएको सम्बन्धमा पन्ध्र दिनभित्र लिखित प्रतिक्रिया पठाउनु पर्नेछ।

(ग) आरोपित संस्था वा व्यक्तिले सो कसूर उपर असहमति व्यक्त गरेको व्यहोरा चित्त बुझ्दो भएमा बैङ्कले त्यस्तो आरोपलाई संशोधन, सीमित वा खारेज गर्न सक्नेछ।

(घ) आरोपित संस्था वा व्यक्तिले सो कसूर उपर र उपर सहमति व्यक्त गरेमा वा चित्त बुझ्दो प्रतिक्रिया दिन नसकेमा बैङ्कले त्यस्तो जरिबाना वा सजाय गर्नेछ।

(ङ) खण्ड (घ) बमोजिम लगाइएको जरिवाना सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाले बैङ्कमा राखेको खाताबाट कट्टा गरी लिने गरी बैङ्कले आदेश जारी गर्न सक्नेछ।

२) उपदफा (१) को खण्ड (ङ) बमोजिम बैङ्कलाई प्राप्त हुने नगद जरिबाना जगेडा कोषमा जम्मा गरिनेछ।

३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०० को उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ) तथा उपदफा (२) को खण्ड (क) र (ख) अन्तर्गतको सजाय गर्दा कुनै पनि किसिमको कार्यविधि विधि अपनाउनु पर्ने छैन।

Share this Law

दफा १०१: आर्थिक जरिबाना र सजायको कार्यविधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.