दफा ३६: संस्थाको कोष

Estimated reading: 1 minute 84 views

१) संस्थाको एउटा छुट्टै कोष हुनेछ र सो देहाय बमोजिमका रकमहरु रहनेछन्ः-

(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,

(ख) अन्तर्राष्ट्रिय वा विदेशी सङ्घ, संस्थाबाट प्राप्त रकम,

तर यस्तो रकम प्राप्त गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(ग) संस्थाका सदस्यहरुको नाम दर्ता गर्दा वा लेखा व्यवसायी प्रमाणपत्र दिँदा प्राप्त गरेको रकम,

(घ) संस्थाको चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,

(ङ) संस्थालाई अन्य स्रोतबाट प्राप्त हुने रकम ।

२) संस्थालाई प्राप्त सबै रकम संस्थाको नाममा नेपालको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।

३) संस्थाको तर्फबाट गर्नुपर्ने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोर्नेछन् ।

तर संस्थालाई कुनै निश्चित उद्देश्यको लागि प्राप्त भएको रकम सोही उद्देश्यमा मात्र खर्च गर्नु पर्नेछ।

४) कोषबाट गरिने खर्च परिषद्‌को रेखदेख र नियन्त्रणमा रही सचिवले गर्नेछ ।

५) कोषको खाताको सञ्चालन परिषद्‌ले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा ३६: संस्थाको कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.