दफा ९: स्थानको रिक्तता र पुर्ति

Estimated reading: 0 minutes 146 views

१) दफा ७ को उपदफा (३) को खण्ड (क) वा (ख) बमोजिम निर्वाचित कुनै पार्षद्‌को मृत्यु भएको वा कुनै पार्षद्ले राजीनामा दिएको वा कुनै पार्षद् यस ऐनको व्यवस्था अनुसार संस्थाको सदस्य कायम रही रहन अयोग्य भएको कारणबाट रिक्त हुन आएको स्थानमा त्यस्तो पार्षद्‌को बाँकी पदावधि एक वर्षभन्दा कम भएमा परिषद्‌ले सोही दफाको उपदफा (३) को सोही खण्डहरुमा उल्लेख भए बमोजिम संस्थाका सदस्यहरुमध्ये कसैलाई पार्षद् तोक्नेछ र एक वर्षभन्दा बढी भएमा निर्वाचनद्वारा सो पदको पूर्ति गरिनेछ ।

२) दफा ७ को उपदफा (३) को खण्ड (ग) बमोजिम मनोनीत कुनै पार्षद्को मृत्यु भएको वा कुनै पार्षद्ले राजीनामा दिएको कारणबाट रिक्त हुन आएको स्थानमा त्यस्तो पार्षद्‌को बाँकी पदावधिको लागि सोही खण्डमा उल्लिखित प्रक्रिया अपनाई कसैलाई पार्षद् मनोनीत गरिनेछ ।

Share this Law

दफा ९: स्थानको रिक्तता र पुर्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.