दफा ७: परिषद्को गठन

Estimated reading: 1 minute 35 views

१) संस्थाको उद्देश्य प्राप्तिको लागि आवश्यक कार्यक्रमहरु सुव्यवस्थित रुपले सञ्चालन गर्न गराउन र संस्थाको सम्पूर्ण काम कारबाहीहरुको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक परिषद् गठन हुनेछ।

२) यस ऐनमा अन्यत्र अन्य व्यवस्था भएकोमा बाहेक परिषद्‌ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम र विनियमका अधीनमा रही संस्थालाई भएको सबै अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

३) परिषदमा देहायका पार्षद्हरु रहनेछन्ः-

(क) चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले आफूमध्येबाट निर्वाचित दश जना – सदस्य

(ख) दर्तावाला लेखापरीक्षक सदस्यहरुले आफूमध्येबाट निर्वाचित चारजना – सदस्य

(ग) महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले लेखा सम्बन्धी अनुभव भएका व्यक्तिहरु मध्येबाट मनोनीत गरेका तीनजना  – सदस्य

४) उपदफा (३) को खण्ड (क) बमोजिमका पार्षद्हरुमध्ये फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए.) हरुबाट पार्षद्हरुले अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेछन्।

५) अध्यक्ष र उपाध्यक्षको पदावधि एक वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः एक पटकको लागि निर्वाचित हुन सक्नेछन् ।

६) पार्षद्हरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः निर्वाचित वा मनोनीत हुन सक्नेछन् ।

७) पार्षद्हरुको निर्वाचन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।

८) अध्यक्ष र उपाध्यक्षको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ७: परिषद्को गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.