दफा ४२: तदर्थ परिषद्को गठन

Estimated reading: 1 minute 57 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ बमोजिम परिषद्‌को गठन नभएसम्म संस्थाको सदस्य हुन चाहने योग्यता पुगेको व्यक्तिको नाम दर्ता गरी सदस्यता दर्ताको प्रमाणपत्र दिने सम्बन्धमा यस ऐन बमोजिम परिषद्‌ले गर्ने कार्य गर्न र सदस्यहरुमध्येबाट परिष‌द्मा प्रतिनिधित्व गर्ने पार्षद्हरुको निर्वाचन गर्नको लागि देहायका सदस्यहरु रहेको एक तदर्थ परिषद्‌को गठन गरिनेछः-

(क) अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टन्टस् एसोसिएशन – अध्यक्ष

(ख) लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम लेखापरीक्षकको रुपमा नाम दर्ता गराएका लेखापरीक्षकहरुमध्येबाट नेपाल सरकारले मनोनीत गरेका तीनजना – सदस्य

(ग) नेपाल सरकारले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य-सचिव

२) उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद्ले यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र सदस्यहरुमध्येबाट परिषद्‌मा प्रतिनिधित्व गर्ने पार्षद्हरुको निर्वाचन गरी सक्नु पर्नेछ ।

३) उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद्ले आफ्नो बैठक सम्बन्धी कार्यविधि र अन्य कार्य प्रणालीहरु आफैंले निर्धारण गर्न सक्नेछ ।

४) दफा ७ बमोजिम परिषद्‌को गठन भएपछि उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद् स्वतः विघटन हुनेछ । यसरी तदर्थ परिषद् विघटन भएपछि उक्त तदर्थ परिषद्‌ले परिषद्‌को तर्फबाट गरेको सम्पूर्ण काम कारबाही परिषद्‌ले नै गरे सरह मानिनेछ ।

Share this Law

दफा ४२: तदर्थ परिषद्को गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.