परिच्छेद – ११ श्रमिक आपूर्ति सम्बन्धी व्यवस्था

दफा ५८ः आपूर्तिकर्ता मार्फत काममा लगाउन सक्ने

Estimated reading: 0 minutes 23 views

१) मन्त्रालयले परिषद्को सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई लगाउन सकिने कामको सूची प्रकाशन गर्नेछ ।

२) उपदफा (१) बमोजिम रोजगारदाताले श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई काममा लगाउँदा व्यवसाय वा सेवाको मुख्य काममा बाहेक अन्य काममा लगाउनु पर्नेछ ।

३) श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक आपूर्ति गर्ने, गराउने गरी कुनै किसिमको प्रस्ताव वा बोलपत्र आह्वान वा पेश गर्दा वा श्रमिक आपूर्ति गर्ने गरी सम्झौता गर्दा आपूर्ति गरिने श्रमिकको पारिश्रमिक र अन्य सुविधा यस ऐनमा तोकिएभन्दा कम नहुने गरी गर्नु पर्नेछ ।

४) उपदफा (३) विपरीत हुने गरी आहान वा पेश भएको प्रस्ताव वा बोलपत्र वा भएको सम्झौता स्वत: रद्द हुनेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मुख्य काम” भन्नाले व्यवसाय स्थापना गर्दा उल्लेख गरिएका काम र सोसँग प्रत्यक्ष रुपमा सम्बन्धित काम सम्झनु पर्छ ।

Share this Law

दफा ५८ः आपूर्तिकर्ता मार्फत काममा लगाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.