परिच्छेद २ विद्युतीय व्यापारको सञ्चालन

दफा ११: निकासी तथा पैठारी गर्न सकिने

Estimated reading: 0 minutes 11 views

१) प्रचलित संघीय कानूनको अधीनमा रही कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विद्युतीय व्यापार गर्ने विदेशस्थित कुनै फर्म, कम्पनी वा संस्थाबाट कुनै वस्तु वा सेवा खरिद गरी पैठारी गर्न सक्नेछ।

२) व्यवसायीले नेपालभित्र सञ्चालित विद्युतीय प्लेटफर्मको माध्यमद्वारा कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु वा सेवा बिक्री गरेमा आपसी करार बमोजिम प्रचलित संघीय कानूनको अधीनमा रही बैङ्किङ्ग प्रणाली मार्फत् भुक्तानीको सुनिश्चितता भएपछि त्यस्तो वस्तु वा सेवा निकासी गर्न सक्नेछ।

Share this Law

दफा ११: निकासी तथा पैठारी गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.