दफा १०कः विदेशमा लगानीको नियमन

Estimated reading: 1 minute 233 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको नेपालमा संस्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा लगानी गर्न पाउनेछः-

(क) विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा (२) बमोजिमको सूचनामा विदेशमा लगानी गर्न पाउने गरी छुट दिएको उद्योग,

(ख) औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम सूचना प्रविधि उद्योगको वर्गीकरणमा परेको उद्योग,

(ग) विदेशी लगानीकर्ताले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ७क. को उपदफा (२) बमोजिम प्राप्त विदेशी मुद्राको रकम।

२) नेपालमा संस्थापित कम्पनीको विदेशस्थित मुख्य कम्पनीले वा त्यस्तो मुख्य कम्पनीको विदेशस्थित अन्य सहायक कम्पनीले नेपालमा बसोबास गर्ने नेपाली नागरिक कर्मचारीको हकमा समेत लागू हुने गरी सञ्चालन वा कार्यान्वयन गरेको कर्मचारी शेयर बिक्री योजना अन्तर्गत त्यस्तो कर्मचारीले नेपालबाट बाहिर परिवर्तीय मुद्रा विप्रेषण नहुने गरी शेयर प्राप्त गर्न र त्यस्तो शेयरबाट आय आर्जन गर्न पाउनेछ ।

३) विदेशमा लगानी गर्ने कम्पनी वा प्रतिष्ठानले पालना गर्नु पर्ने शर्त, त्यस्तो लगानीको क्षेत्रगत अधिकतम सीमा तथा तत्सम्बन्धी अन्य व्यवस्था नेपाल राष्ट्र बैङ्कले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी निर्धारण गरिदिए बमोजिम हुनेछ ।

१ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ द्वारा संशोधित ।

Share this Law

दफा १०कः विदेशमा लगानीको नियमन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.