दफा १०: वारेस वा परिवारका सदस्यहरूलाई बोनस दिने

Estimated reading: 0 minutes 50 views

१) बोनस लिन आफू उपस्थित हुन नसक्ने कर्मचारीले आफूले पाउने बोनस लिन कुनै व्यक्तिलाई मञ्जुरनामा दिई पठाउन सक्नेछ।

२) कुनै कर्मचारीको मृत्यु भएमा निजले पाउने बोनस निजद्वारा कसैलाई इच्छाइएको भए सोही व्यक्तिले र त्यसरी कसैलाई इच्छाइएको नभएमा वा इच्छाइएको व्यक्तिको पनि इच्छाउने व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै मृत्यु भइसकेको रहेछ भने अपुताली सम्बन्धी प्रचलित कानून बमोजिमको हकवालाले पाउनेछ।

३) उपदफा (२) बमोजिम वितरण भएको बोनसको सम्बन्धमा चित्त नबुझ्ने व्यक्तिले सो वितरण भएको मितिले पैंतीस दिनभित्र श्रम अदालतमा उजुर गर्न सक्नेछ र त्यस्तोमा श्रम अदालतको निर्णय अन्तिम हुनेछ।

Share this Law

दफा १०: वारेस वा परिवारका सदस्यहरूलाई बोनस दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.