दफा १६: संस्थाको सदस्यता

Estimated reading: 1 minute 35 views

१) संस्थाको सदस्यतालाई देहाय बमोजिमको श्रेणीमा विभाजन गरिनेछः-

(क) चार्टर्ड एकाउन्टेन्ट, र

(ख) दर्तावाला लेखापरीक्षक ।

२) देहायको योग्यता पुगेको व्यक्तिलाई दफा १८ को अधीनमा रही चार्टर्ड एकाउन्टेन्टको सदस्यता दिनु पर्नेछः-

(क) यो उपदफा प्रारम्भ हुँदाका बखत लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम “क” वर्गको वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको आधारमा “ख” वर्गको दर्तावाला लेखापरीक्षकको प्रमाणपत्र पाएको ।

(ख) संस्था वा संस्थाबाट मान्यता प्राप्त विदेशी लेखा व्यवसायी संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भई लेखा व्यवसायसँग सम्बन्धित व्यावसायिक तालीम प्राप्त गरेको ।

३) यो उपदफा प्रारम्भ हुँदाका बखत लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम “ख”, “ग” वा “घ” वर्गको लेखापरीक्षकको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिलाई दफा १६ को अधीनमा रही दर्तावाला लेखापरीक्षकको सदस्यता दिन पर्नेछ ।

Share this Law

दफा १६: संस्थाको सदस्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.