दफा १५ङ: लेखा परीक्षणमान बोर्डको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 39 views

लेखापरीक्षणमान बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्न अन्तर्राष्ट्रिय लेखापरीक्षणमान (इन्टरनेशनल स्टैण्डर्ड अन अडिटिङ्ग) समेतको आधार लिई लेखापरीक्षणमानको व्यवस्था गर्ने,

(ख) लेखापरीक्षणमानको विकास गर्न उपयुक्त विधि तयार गर्ने र लेखापरीक्षणमान सम्बन्धी सामग्री प्रकाशन गर्ने,

(ग) लेखापरीक्षणमानको संशोधन, सुधार र परिमार्जन गर्ने,

(घ) लेखापरीक्षणमानको व्याख्या गर्ने,

(ङ) लेखापरीक्षणमान सम्बन्धी अन्य कार्य गर्ने ।

Share this Law

दफा १५ङ: लेखा परीक्षणमान बोर्डको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.