दफा ५: संस्थाको उद्देश्य

Estimated reading: 1 minute 34 views

संस्थाको उद्देश्य देहाय बमोजिम हुनेछः-

(क) राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखा व्यवसायको सुदृढीकरण गरी विकसित गर्दै लैजान सदस्यलाई आचार संहिताको परिधिभित्र रही लेखा व्यवसाय गर्न उत्प्रेरित गर्ने नियमनकारी निकाय (रेगुलेटरी बडी) को भूमिका निर्वाह गर्ने ।

(ख) लेखाको महत्व तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जन चेतना जगाई लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्ने ।

(ग) लेखा व्यवसाय र लेखाको महत्व प्रति लेखा व्यवसायीको उत्तरदायित्व बोध गराई लेखा व्यवसायको विकास, संरक्षण र सम्वर्द्धन गर्ने ।

(घ) लेखा व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउन लेखा व्यवसायीको दर्ता, योग्यता तथा परीक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता र प्रचलन अनुरुप विकसित गर्ने ।

Share this Law

दफा ५: संस्थाको उद्देश्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.